‘जिन्दगी त दुई दिनको पाहुना हो, बिताउँ जुनी हाँसेर माया गाँसेर’
‘आएँ म त खैजरीको तालै सुनेर
दिए मन तिमीलाई नै हजारौँमा चुनेर ।
जिन्दगी त दुई दिनको पाहुना हो
बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’
गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ? भन्ने चिन्ता छ, मगर समुदायलाई ।
यही चिन्तालाई मध्यनजर गर्दै पछिल्लो समय मौलिक कौराहा संस्कृति जोगाउन तल्लिन छन् मगर समुदाय । केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् । नेपाल मगर सङ्घ कास्की कदममार्ग चाउथे एकाइ समितिका युवायुवती मगर समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा पुगिहाल्छन् । मगर पोशाकमा सजिएका उनीहरू खैजरी र मुजुराको तालमा कम्मर मर्काउन सुरु गरिहाल्छन् ।
कदममार्ग चाउथे एकाइ समितिका कलाकार सीमा रानामगर आफ्नो संस्कृति हराउने हो कि ? भन्ने चिन्ताले केही समयअघि सिकेर नाच्दै हिँडेको बताउँछिन् । ‘मैले सिकेको पाँच–छ महिना भयो । हामीले नसिके हाम्रो संस्कृति नै हराउने हो कि भन्ने चिन्ता थियो’, सीमाले भनिन्, ‘युट्युबमा आएको गीतमा त पहिला पनि नाचेको थिएँ । तर खैजरी र मुजुरा बजाएर प्रत्यक्ष नाच्नु हाम्रो परम्परा रहेछ । अहिले बल्ल थाहा भयो ।’ उक्त समूहमा अहिले १० जनाले नृत्य गर्ने गरेको उनले सुनाइन् । ‘हामी अहिले १० जना छौँ । हामीले केही भए पनि जानिसकेका छौँ’, सीमाले भनिन्, ‘हामीले जानेपछि पछि आउने पुस्तालाई पनि सिकाउन सजिलो हुन्छ ।’
सोही समूहमा खैजरी बजाउने अनि गीत गाउने क्याप्टेन ताराबहादुर रानामगरले लोप हुन थालेका कौराहा संस्कृति बचाउन सफल भएको बताउँछन् । ‘केही समयअघि त संस्कृति लोप नै हुने हो कि रु भन्ने साह्रै चिन्ता थियो’, ताराबहादुरले भने, ‘पछि हामीले नै हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर लागेपछि युवायुवतीले पनि रुचि राखेर सिके । अब चाहिँ बचाउन सकिन्छ भन्ने लागेको छ ।’
कदममार्ग एकाइले जस्तै देशभरका नेपाल मगर सङ्घ अन्तर्गतका अरु समाजले पनि मौलिक कौराहा नाच्ने गरेको उनले बताए । ‘पोखरामा अगल–अगल जिल्लाका मगर समुदायका मानिसको बसोबास छ । त्यसैले चुनौती पनि थियो । तर हामीले आँट्यौँ’, उनले भने, ‘बूढापाका अनि नानीबाबुलाई बोलाएर सिक्यौँ अहिले त सजिलो भएको छ । हामीले जस्तै अरु समाजले पनि सिक्दै हुनुहुन्छ ।’ पुरानो घर तनहुँ बताउने ताराबहादुरले गाउँघरको जस्तै कौराहा जोगाउन सकेकामा खुसी व्यक्त गरे ।
तनहुँतिरको मौलिक कौराहाको गीत उनले यसरी सम्झनुभयोः
‘खैजरी के को छालाको
नानी त रैछ बाजेको पालाको ।
पछ्यौरीको छेवै भिज्यो तिम्ले माया मार्दा
यो नानीको मायाले गर्दा ।।’
राष्ट्रिय मौलिक कौराहा संरक्षणका लागि समिति नै गठन गरेर काम गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण नेपालका अध्यक्ष हर्क आलेमगरले बताए । विसं २०७३ मा स्थापना भएको समितिले सोही वर्ष मौलिक कौराहाको राष्ट्रिय सम्मेलन गरेको उनले जानकारी दिए। ‘स्थापनापछि हामीले दमौलीमा राष्ट्रिय सम्मेलन गर्यौँ । त्यहाँ कौराहाको पृष्ठभूमिसहित परिभाषामाथि चर्चा भयो’, अध्यक्ष आलेमगरले भने, ‘पृष्ठभूमिको दस्तावेजीकरणका लागि हामीले दमौली घोषणापत्र जारी गर्यौँ ।’
दमौली घोषणापत्र जारी भएपछि समूह निर्माण गरी संरक्षणका लागि विभिन्न जिल्लामा पुगेको उनले सुनाए । ‘यसको विकृति बढिरहेकाले मौलिकता जोगाउनुपर्छ भनेर समूह निर्माण विभिन्न जिल्लामा पुग्यौँ’, उनले भने, ‘जसले जस्तो किसिमले नाच्ने गाउने गरे पनि पहिला यसरी नाचिन्थ्यो भनेर मौलिकता देखाउन खोजिएको छ ।’ पत्रकारिताका माध्यमबाट मौलिक कौराहा संरक्षणका लागि ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार’को स्थापना गरेको पनि उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...