ताजा समाचार

फाइनान्सियल एक्सन टास्क फोर्स: नेपाल तत्काल जोखिमपूर्ण सूची(ग्रे लिष्ट)मा पर्ने सम्भावना टर्‍यो !

काठमाडौं । संरचनागत सुधारको प्रतिबद्धतापछि नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना तत्कालका लागि टरेको छ ।

अवैध धनको संरक्षण र ओसारपसार नियन्त्रणका लागि नेपालले कानुनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि तत्कालका लागि यो सम्भावना टरेको हो ।

सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले कानुनी र संरचनागत सुधारका लागि नेपाललाई थप समय दिएको हो । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले प्रतिवद्धता कार्यान्वयनका लागि एक वर्षको समय दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org