ताजा समाचार

एसीसी इमर्जिङ टिम्स एसिया कपः कुशल भुर्तेलले घातक बलिङ गर्दा १५७ रनमै समेटियो यूएई ‘ए’

काठमाडौं । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।

खेलमा पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।

खेलमा पहिलो विकेट कुशल मल्लले र दोस्रो विकेट पवन सराफले लिएका हुन् तेस्रो देखि आठौंसम्मका ६ विकेट भने कुशलले हात पारे ।

कुशलसहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org