ताजा समाचार

प्रधानमन्त्रीद्वारा गोरखाको सिउरेनीटारमा बूढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड अफिस उद्घाटन

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् ।

गोरखाको गण्डकी गाउँपालिका-८ स्थित सिउरेनीटारमा सोमवार ​फिल्ड अफिसको उद्घाटन गरिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

लामो समयदेखि चर्चामा रहेर बन्न नसकेको बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत आयोजना निर्माणको काम शुरू हुन सकेको छैन ।

गोर्खा र धादिङको सीमाना भइ बग्ने बूढीगण्डकी नदीमा १२ सय मेगावाटको आयोजना लामो समय चिनियाँ कम्पनीले लाइसेन्स होल्ड गरेर राखेको थियो ।

सरकार आफैले बनाउने भन्दै कम्पनी बनाएर काम गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org