ताजा समाचार

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको बहस चलिरहँदा सीआईबी प्रमुख बज्रचार्य सर्वोच्चमा प्रवेश

सिआईबी प्रमुख बज्रचार्य र सर्वोच्चका मुख्य रजिष्ट्रारबीच भेट

काठमाडाैँ । नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) प्रमुख एआईजी किरण बज्रचार्य र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लाल बहादुर कुवरबीच भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह सर्वोच्च अदालत मुख्य रजिष्ट्रारको कार्यालयमा (सिआईबी) प्रमुख एआईजी बज्रचार्य र मुख्य रजिष्ट्रार कुवँरबीच भेटवार्ता भएको हो ।

ललिता निवास जग्गा प्रकरणको बन्दी प्रत्यक्षीकणको रिटमाथी बहस चलिरहेको समयमा भएको यस भेटवार्तालाई अर्थपुर्ण मानिएको छ ।

सर्वोच्च अदालत प्रशासनले भेटघाट सामान्य रहेको र केही समयदेखी भेटको लागी समय माग भैरहेको सामान्य भेटघाट भएको जानकारी दियो ।
उता सिआईबी प्रमुख बज्रआचार्यले भने सर्वोच्च अदालत फैसला कार्यान्वयनको डाटा लिनको लागी भेट भएको न्युज नेपाललाई जानकारी दिएकी छन ।

ललिता निवास प्रकरण मुख्य वादी रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी) प्रमुखले अदालतमा बहस चलिरहेको समयमा अदालत परिसरमा सर्वोच्चको मुख्य रजिष्ट्रारसंग भेट गर्नु कानुन विपरित र मुद्दा प्रभावित पार्ने उद्देश्य प्रेरित भएको बरिष्ठ कानुन व्यवसायी बताए ।

यस भेटवार्ताका विषयमा प्रमुख एआईजी बज्रचार्य र मुख्य रजिष्ट्रार कुवँरले दिएको जानकारी एकआपसमा बाझिदा यस भेटलाई अर्थपुर्ण र मुद्दा प्रभावित पार्ने उद्देश्यमा केन्द्रित छ भन्ने कुरा प्रष्ट हुने कानुन व्यवसायीहरु बताउछन् ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

थुनामा रहेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org