ताजा समाचार

विमानस्थलबाट बरामद सुन जोख्न राष्ट्र बैंकमा लगिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ ।

राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागकै टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । अहिले बिहान १० बजेपछि उक्त सुन राष्ट्र बैंकमा लगेर जोखिनेछ ।

सो प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

“हामीहरूले बरामद सुनको अन्दाजी तौल अनुमान मात्र गरेका छौँ,” उनले “राष्ट्र बैंकमा लगेर जोखेपछि यकिन तौल थाहा हुन्छ ।”

पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

विभागको टोलीले अनुमानित १०० किलो सुन बरामद गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org