ताजा समाचार

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध उजुरी परेपछि पत्रकार महासंघले जनायो आपत्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध प्रहरीमा साइबर क्राइमको कसुरमा उजुरी गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठको सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणबारे गलत अफवाह फैलाएको दाबीसहित उजुरी दर्ता गरेको थियो ।

महासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेनले प्रकट गरेको अभिव्यक्तिविरुद्ध गृह प्रशासनको नेतृत्व नै प्रहरी कारबाहीमा उत्रिनु उचित नभएको बताएको छ ।

महासंघले बस्नेतविरुद्धको उजुरी तत्काल फिर्ता लिन माग गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org