ताजा समाचार

भुक्तानी नपाएका निर्माण व्यवसायीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ । महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने महासंघले जनाएको छ ।

भोलि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । झन्डै दुई सातादेखि आन्दोलन गरिरहेको महासंघले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org