ताजा समाचार

प्रतीतोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको छ ।

महासंघले आज छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org