ताजा समाचार

तीन स्रष्टालाई अभिनन्दन

काठमाडौं । साहित्यिक पत्रकार संघले एक कार्यक्रमकाबीच संस्कृतिविद् डा. जगमान गुरुङ, आख्यानकार गीताकेशरी र कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरेको छ ।

संघको स्वर्ण महोत्सवका अवसरमा आयोजित अभिनन्दन समारोहका प्रमुख अतिथि पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, ने.का.का नेता शंकर भण्डारी, राप्रपाका नेता राजेन्द्र लिङ्देन, राधेश्याम लेकालीलगायतले स्रष्टाहरूको अभिनन्दन गरे ।

कार्यक्रममा नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा राधेश्याम लेकाली, राजेन्द्र लिङदेन, शंकर भण्डारी, सम्मानित व्यक्तित्व डा. जगमान गुरुङ र मदनदास श्रेष्ठ, कवि प्रमोद प्रधानले बोलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org