ताजा समाचार

नेकपा माओवादीको पदाधिकारी बैठक बस्दै, यस्तो छ एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ ।

हिजो  दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो । यसअघि शनिबार पनि बैठक बसेको थियो ।

यही साउन १७ गतेदेखि पार्टी केन्द्रीय कमिटी बैठक बस्दै छ । आजको बैठकमा सोही विषयमा छलफल हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org