ताजा समाचार

सोलुखुम्बुमा आफ्नै छोरीलाई करणी गर्ने बाबुलाई साढे ५२ वर्ष कैद

सोलुखुम्बु । आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ ।

१० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका -३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए । ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए ।

उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org