ताजा समाचार

‘कांग्रेस असंवैधानिक र अमर्यादित ढंगले लागेको छ, त्यो सच्याउने काम एमालेले गर्छ’: हिक्मत कार्की

काठमाडाैँ । एमाले नेता हिक्मतकुमार कार्कीले कांग्रेस असंवैधानिक र अमर्यादित ढंगले अगाडि बढेको बताएका छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले सभामुखलाई राजीनामा गर्न लगाएर अमर्यादित कार्य गर्न लागेको बताएका हुन्।

उनले सर्वोच्च अदालतले उद्धव थापालाई बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री पदमा कामचलाउको रुपमा बहाली गरेको आदेश भएपनि प्रदेशमा त्यस अनुसार तयार नभएको बताए। उनले एमाले संविधान र विधि अनुसार जाने र बलजफ्ति रुपमा कोसी प्रदेशको सरकारमा नजाने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न आग्रह गरेको उल्लेख गर्दै उनले आफ्नो मान्यता पनि त्यहि रहेको उल्लेख गरे। उनले भने, ‘अहिले कांग्रेसको तर्फबाट त्यो वातावरण छैन। हिजो सभामुखको हस्ताक्षर गराएर आज सभामुखको राजीनामा गर्न लगाएर सत्ता प्राप्त गर्न लाग्दैछ। कांग्रेस असंवैधानिक र अमर्यादित ढंगले लागेको छ। त्यो सच्याउने काम एमालेले गर्छ।’

कार्कीले समय अझै बाँकी रहेकाले संख्या पुगेको खण्डमा सरकारको दाबी गर्ने धारणा राखे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org