ताजा समाचार

सत्ताका लागि सभामुखलाई राजीनामा गराइयो,कोशीमा पुनः उद्धब थापा मुख्यमन्त्री नियुक्त

विराटनगर । सर्वोच्चको फैसलापछि ठूलो रस्साकस्सीपछि अन्ततः कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः उद्धब थापा चयन भएका छन् नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई  मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार नै साँझ पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् ।

यसअघि थापा सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सो कदम अंसवैधानिक भएको भन्दै सर्वोच्चमा मुद्धा हालेका थिए । सर्वोेच्चले थापा नेतृत्वको सरकारलाई बद्धर गरिदिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org