ताजा समाचार

संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले नपाउने

काठमाडाैँ । सत्ता पक्षले संसदीय समितिको भागबण्डा मिलाएको छ।

नेकपा (माओवादी केन्द्र)को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन्।

प्रचण्डले जानकारी गराएअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समितिको नेतृत्व दिन नसकिएको समेत प्रचण्डले जानकारी गराएको एक सांसदले बताए।

संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।

मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा हुने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा समितिको सभापतिको निर्वाचनको टुंगो लाग्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org