ताजा समाचार

संखुवासभा अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता उद्घाटन (फोटोफिचर)

काठमाडौं । संखुवासभा- काठमाडाैँ सम्पर्क मञ्चद्वारा आयोजित अन्तर पालिका फुटसल प्रतियोगिता सुरु भएको छ ।
शनिबार विहान नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व मन्त्री लालबाबु पण्डितले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिताका खेलहरु काठमाडाैँ धुम्बाराही स्थित सुर्य फुटसलमा सञ्चालन हुने सम्पर्क मञ्चका अध्यक्ष डेविन श्रेष्ठले जानकारी दिए ।
उद्घाटन समारोहमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा केन्द्रिय प्रचार विभाग प्रमुख राजेन्द्र गाैतम,नेकपा एमाले नेता तथा अमेरिकाका लागी नेपालका पुर्व राजदुत अर्जुन कुमार कार्की लागाएत संखुवासभा जिल्ला पार्टी नेताहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको बिजेताले २० हजार र उपबिजेताले १० हजार पुरस्कार पाउनेछन् ।प्रतियोगितामा संखुवासभा जिल्लाका १० स्थानिय तहका १० सहभागी छन् ।
उद्घाटन खेल सभापोखरी र पाँचखपनबीच भएको खेलमा सभापोखरी ३-१ जित निकालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org