ताजा समाचार

अल नासर बन्यो अरब क्लब च्याम्पियन, क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन

काठमाडौं । अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ । गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासर च्याम्पियन बनेको हो ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै अल नासर विजयी भयो । अल नासरका लागि कप्तान रोनाल्डोले दुई गोल गरे भने अल हिलालका माइकलले एक गोल गरेका थिए ।

अरब क्लब च्याम्पियन्स कपमा रोनाल्डोको यो छैटौँ खेलमा छैटौँ गोल हो । उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिका सबै खेलमा गोल गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org