फिफा महिला विश्वकपः सेमिफाइनलमा को-को ?
काठमाडौं । फिफा महिला विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ। नवौं संस्करणको विश्कपमा यो पटक नयाँ विजेता पाउने भएको छ।
शनिबार भएको सेमिफाइनलको अन्तिम खेलमा कोलम्बियालाई २–१ गोलले पराजित गर्दै युरोकप विजेता इंग्ल्याण्डले आफ्नो उपाधि दाबेदारीलाई बलियो रुपमा प्रस्तुत गरेको छ।
कोलम्बियामाथि पुनरागमन जित निकालको इंग्लयाण्ड विश्वकपमा अपराजित छ। समूह चरणमा हाइटी डेनमार्क र चीनलाई पराजित गरेको इंग्ल्याण्डले प्रि क्वार्टरफाइनलमा नाइजेरियालाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो। उसले यो विश्वकपमा बलियो दाबेदारीका रुपमा प्रस्तुत गरिरहेको छ। अब फाइनल प्रवेशका लागि उसले आयोजक अष्ट्रेलियासँग खेल्नेछ।
अर्को टोली अस्ट्रेलिया क्यानडा र आयरल्याण्डलाई हराएको र समूह चरणमा नाइजेरियासँग ३–२ ले पराजित भएको थियो। राउन्डअफ सिक्सटिनमा उसले युरोपको बलियो टिम डेनमार्कलाई हराएर अन्तिम आठमा प्रवेश गरेको थियो भने सेमिफाइनल प्रवेशका लागि उसले फ्रान्समाथि सशक्त खेल प्रदर्शन गर्दै महिला विश्वकपको ट्रफी एसियामै राख्ने दाबेदारी प्रस्तुत गरेको छ। शनिबार भएको खेलमा फ्रान्सलाई अष्ट्रेलियाले ७–६ ले हरायो। यी दुईबीचको खेल मंगलबार एसर स्टेडियम अस्ट्रेलियामा हुनेछ।
यस्तै क्वाटरफाइनकै अर्को खेलमा स्वीडेनले पूर्वविजेता जापानलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो। जापानको हारसँगै यसपटक विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको हो। महिला विश्वकपको आठौं संस्करणसम्म ४ टोलीले मात्र उपाधि जितेका छन्। विश्वकपको आठौं संस्करणसम्म अमेरिका ४ पटक, जर्मनी २ पटक तथा नर्वे र जापानले १–१ पटक उपाधि जितेका छन्। त्यसमध्ये समुह एचको तेस्रो स्थानमा रहँदा जर्मनी नकआउट चरणमै पुग्न सकेन। प्रिक्वाटरफाइनलमा पुगेका ३ पूर्व च्याम्पियनमध्ये नर्वे र साबिक विजेता समेत रहेको अमेरिकाले अन्तिम ८ सम्मको यात्रा तय गर्न सकेनन्। नर्वेलाई जापानले र अमेरिकालाई गत संस्करण तेस्रो भएको स्वीडेनले नै हराएको थियो।
स्वीडेन पनि यो विश्वकपमा अपराजित छ। समूह चरणमा इटालीमाथि ५–० को जित निकालेको स्वीडेनले अर्जेन्टिनालाई २–० हराएको थियो। त्यस्तै दक्षिण कोरियामाथि २–१ को जित दर्ता गरेको थियो। राउन्डअफ सिक्सटिनमा स्वीडेनले चार पटकको विश्वविजेता अमेरिकालाई घर पठायो। पहिलो संस्करणदेखि खेल्दै आएको स्वीडेन पाँचौं पटक सेमिफाइनलमा पुगेको हो।
साविक उपविजेता नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्यो। स्पेनले यो पटक निकै सशक्त खेल खेलिरहेको छ। स्पेनले समूह चरणमा कोस्टारिकालाई ३–० ले पराजित गर्दै यो विश्वकपमा विजयी सुरुवात गरेको थियो। जाम्बियालाई ५–० ले पराजित गर्दा समूह चरणमा स्पेन जापानसँग ४–० पराजित हुन पुग्यो।
प्रिक्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ५–१ ले हराएको थियो। यो विश्वकपमा स्पेनले १५ गोल गरिसकेको छ भने ६ गोल खाएको छ। अब फाइनल प्रवेशका लागि स्पेन र स्विडेनबीच मंगलबार न्युजिल्यान्डको अकल्यान्डमा खेल हुनेछ। यो विश्वकपमा तीन युरोपका देश र एक एशियाली देश सेमिफाइनलमा स्थान बनाएका छन्।
फाइल खेल आगामी आइतबार हुनेछ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












