ताजा समाचार

टक्सार महाशाखामा यसरी गालिँदैछ ‘ब्रेक सु’ बाट छुट्याएको सुन (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन आज गालिँदै छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सुन गाल्ने कार्य जारी छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो । मोटरसाइकल र स्कुटीको ब्रेक सुभित्र राखेर सुन भित्र्याइएको खुलेको थियो ।

सोमबार (हिजो) ब्रेक सुबाट सुन बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार गालेपछि सुनको यकिन तौल प्रस्ट हुनेछ ।

sun galindai41692079260.jpg sun galindai31692079259.jpg sun galindai11692079259.jpg

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org