ताजा समाचार

मेस्सीको लगातार गोल मायामी अमेरिकी लिग्स कपको फाइनलमा

३१ साउन, काठमाडौं । मेस्सी चम्कदा इन्टर मायमी अमेरिकाको लिग्स कपको फाइनलमा पुगेको छ ।
फिलाडेल्फियालाई आज भएको खेलमा ४–१ गोलले पराजित गर्दै मायामीले फाईनल यात्र तय गरेको हो ।

आज भएको खेलमा जोसेफ मार्टिनेजले तेस्रो मिनेटमै गोल गरेर अग्रता बनाएका थिए ।
लिओनल मेसीले उक्त अग्रतालाई २० मिनेटमा दोब्बर पारे ।

जोर्डि अल्बाले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा मायमीका लागि तेस्रो गोल गरे।

फिलाडेल्फियाका लागि भने बेडोयाले ७३ मिनेटमा गोल गरेका थिए।

८४ मिनेटमा डेभिड रुइजले मायमीका लागि चौथो गोल गर्दै टिमलाई जित तर्फ डोर्‍याए।

मायामीका लगि मेस्सिले लगातार ६ खेलमा ९ गोल गरि सकेका छन् ।उपाधि भिडन्त शनिबार मायामी र नासभिला बिच हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org