ताजा समाचार

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, लागत २ अर्व घट्यो

काठमाडौं  । सरकारले राष्ट्रिय गाैरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’को डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) फेरि संशोधन गरेको छ ।

लागत समय र मूल्य घटनेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रूतमार्गको डीपीआर संशोधन गरेको हो।

‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्नेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाई छोटिँदा मूल्य पनि घट्यो।’

काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रूतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण भइरहेको छ।

२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रूत मार्गमा हालसम्म २५.५४ प्रतिशत मात्रै प्रगति भएको छ।

२०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रूतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए।

‘द्रूतमार्गको काम तीव्र गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’, नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाले भनेका छन्।

डीपीआर संशोधन भएछि लागत मूल्य पनि घट्ने भएको छ। यसअघि २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत थियो। अब संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख लागत कायम हुने भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org