ताजा समाचार

लागुपदार्थ सेवन गरि सवारी चलाएको आरोपमा सात जना पक्राउ

काठमाण्डौं । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा कैलालीमा ७ जना पक्राउ परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले लागुु औषध परीक्षण किटले परीक्षण गर्दा सेवन गरेको अवस्थामा सवारीसाधन चलाइरहेका ७ जनालाई पक्राउ गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले शुक्रबार र शनिबार लागु पदार्थ सेवन लापसे परीक्षणका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

पक्राउ परेका सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा जिम्मा लगाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org