ताजा समाचार

बयानका लागि नबोलाइएपछि बाबुरामले सीआईबीलाईआफैं दिए प्रस्टीकरण

काठमाडाैँ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसमक्ष आफ्नो प्रस्टीकरण दिएका छन् ।

बयानका लागि नबोलाइए पनि आइतवार साँझ बाबुराम आफैंले सीआईबीलाई घटना विवरण जानकारी गराएको नेसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

उनका अनुसार भट्टराईले ​सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीलाई निवासमै बोलाएर घटना विवरणबारे जानकारी दिएका हुन् ।

‘ललितानिवास प्रकरणमा मेरो पालाको मन्त्रिपरषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिबद्धताबमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु । यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका एवं सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न/गराउन एउटा दरो प्रस्थानबिन्दु बनोस् भन्ने कामना गर्दछु,’ बाबुरामले ट्वीटरमा लेखेका छन् ।

यसअघि सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट निर्णय गराउने काममा सहभागी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. भट्टराईलाई समेत अनुसन्धान गर्न आदेश दिएको थियो ।

अदालतको आदेश अवज्ञा गर्दै सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्रीसँग बयान लिने तयारी रोक्न सीआईबीमाथि दबाब सिर्जना गरेको थियो ।

पूर्व प्रधामन्त्रीसँगको बयान रोक्न दबाब दिएको भन्दै सत्तारुढ दलभित्रै विरोध भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org