ताजा समाचार

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार चाँदी १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org