ताजा समाचार

सानोठिमीबाट कैदिहरु भागे सँगै उपत्यकामा उच्च सुरक्षा सतर्कता

काठमाडौं । सानोठिाीस्थित बाल सुधार गृहबाट कैदीहरु भागे सँगै उपत्यका भरि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षकर्मीहरु हाई अलर्टमा राखिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनु भएको छ ।

कैदिहरु भागेर अन्य जिल्लामा पनि गएकाले उपत्यकाका साथै अन्य जिल्लाका प्रहरिलाई पनि खबर गरेका छौ, रिजालले भन्नुभयो । भाग्नेहरु मध्ये हाल सम्ममा करिब ८७ जना भने नियन्त्रणमा लिइएको र बाँकीको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताउनु भएको छ ।

सुरक्षामा खटिएका सशस्त्र र जनपथ प्रहरीलाई आक्रमण गरि सुधार गृहबाट कैदी भागेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ, स्रोतका अनुसार उक्त सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका करिब २९९ जना कैदी थिए ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्युलाई लिएर मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।

बस्नेतको मृत्युबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति बनाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org