ताजा समाचार

चारदेशीय महिला क्रिकेट सिरिजमा हङकङमाथि नेपालको विजयी सुरुवात

काठमाडौं । मलेसियामा भइरहेको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले सान्दार विजयी सुरुवात गरेको छ ।
जम्मा १९.१ ओभर खेल्दै हङकङले नेपाललाई ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जसमा हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि सम्झना खड्काले ३६ बलमा ५ चौका सहित सर्वाधिक ३६ रन बनाउँदै अविजित रहिन् ।

नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् थिइन। उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङले ८४ रन मै चित्त बुझाउनु परेको थियो ।

हङकङका लागि भने कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् ।

डेब्यु खेल खेलेकी पुजाले भने आज ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् ।मलेसियामा हुने आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप खेलिएको चार देशीय टि–२० सिरिजमा नेपालले हङकङ विरुद्ध उत्कृष्ट बलिङ सुरुवात गरेको थियो ।नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org