ताजा समाचार

त्रिसुलीमा खस्दा ८ जनाको मृत्यु, उद्धार कार्य जारि

काठमाडौं ।काठमाडौं बाट पोखरा जाँदै गरेको बस त्रिसुलिमा खसेको छ ।
आज बिहान काठमाडैंबाट पोखराका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९५२ नंको बस अनियन्त्रित भई त्रिशूलीमा सडकबाट खसेको हो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले बताएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org