ताजा समाचार

चार देशीय टी–२० आई सिरिज: लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक

काठमाडाैँ । चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको खेलमा नेपाल ३४ रनले विजयी भएको हो । लगातार दोस्रो जितसँगै नेपालको फाइनल सम्भावना वलियो भएको छ ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।

कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org