ताजा समाचार

ललिता निवास जग्गा प्रकरणमा २८६ जना प्रतिवादी, को को हुन हेर्नुस नामावली

काठमाडौं ।ललिता निवास जग्गा प्रकरणमा सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । सरकारी वकिलको कार्यलयमा बुझाएको प्रतिवेदनमा संलग्नलाई प्रतिवादि बनाईएको हो । उक्त प्रकरणको संलग्न भएका तर मृत्यु भएकालाई भने सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले किर्ते र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर सीआईबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।

हाल जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले दिएको प्रतिवेदन अध्ययन गरिरहेको छ । अब केही दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org