ताजा समाचार

एसिया कप २०२३: भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउने नेपाली टिमका प्रशिक्षक देसाईको दाबी

काठमाडौं । एसिया कप २०२३ को अन्तिम तयारीका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तानको कराँचीमा छ। बुधबार कराँचीमा पुगेको नेपालले त्यहाँ एक साता तयारी गर्नेछ। नेपालले बिहीबार कराँची पहिलो अभ्यास गरेको छ।

अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले एसिया कप खेलेर इतिहास बनाउने बताए। ‘हामीले एसिया कपका लागि तीन-चार महिनामा अभ्यास गरेका छौं। यस्तै एसिसी इमर्जिङ कपमा भारत र पाकिस्तानको ए टिमसँग खेल्यौं। राम्रो नतिजा नआए पनि हामीलाई राम्रो अनभुव प्राप्त भयो’, उनले भने, ‘हाम्रो टिम युवा छ। खेलाडीले राम्रो एटिच्युटसँग खेलेका छन्। हामी यो प्रतियोगिता खेल्न लायक भएर छनोट भएका हौं। टिमले यो अवसरलाई सेलिब्रेट गर्नेछौं। भारत र पाकिस्तानसँग जस्ता ठूला टेस्ट राष्ट्रसँग खेलेर इतिहास बनाउँदैछौं। यो हाम्रो लागि अवसर पनि हो।’

कराँचीमा अभ्यास गरेपछि नेपाल घरेलु टिम पाकिस्तानसँग खेल्न मुल्तान पुग्नेछ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। एसिया कपको पहिलो पहिलो खेल नेपालले अगस्ट ३० मा  पाकिस्तानसँग खेल्नेछ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ ९भदौ १८० मा श्रीलंकामा खेल्नेछ। तीन(तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७ ९भदौ ३१० मा हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org