ताजा समाचार

मेलम्ची खोलाले बगायो सरस्वती माविको भवन

काठमाडौं ।सिन्धुपालचोकमा बाढिले विद्यालयको भवन बगाएको छ ।
लगातार परेको वार्षाका कारण सिन्धुपाल्चोक,हेलम्बु गाउँपालिका ४ ग्याल्थुममा रहेको सरस्वती मा विको भवन मेलम्ची खोलाले बगाएको हो ।
बाढिको उच्च जोखिममा रहेको उक्त विद्यालय बिहानै शौचलय र बन्दै गरेको निमार्णाधिन भवनको पिलर बगाएको थियो ।

भुकम्प पछि थिलथिलो भएको सिन्धुपाल्चोकमा विभिन्न समयमा बढि पहिरोले सताउने गरेको छ, भने ठूलो धनजनको क्षति भई सकेको छ ।
प्रहरीका अनुसार जोखिम उच्च भएपछि बिहानै बाट विद्यालयका सामाग्री सुरक्षीत स्थानमा सारिएको थियो ।

दिनभरि मेलम्चीले कटान गरेपछि राति करिब ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो।

बाढीका कारण मेलम्ची हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्। मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org