ताजा समाचार

पहिरोले बाग्लुङमा दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

काठमाडौं । अविरल वर्षाका कारण बाग्लुङमा दुई घर भत्किएका छन् दर्जन भन्दा बढी घर जोखिममा परेका छन् ।
बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लो बारीका करिब १२ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
पहिरोले दुई घर भने पुर्ण रुपमा विस्थापित भएका छन् ।

घर भत्कीएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवारले छिमेकी घरमा आश्रय लिएर बसेका बाग्लङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताएका छन् ।

घर भत्किँदा नारायणको रु १० लाख बराबरको क्षति भएको छ भने जमुनाको रु छ लाख बराबरको क्षति भएको छ। नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताए। विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताए।

‘पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ,’ अध्यक्ष केसीले भने, ‘बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ।’

समस्यामा परेपछि सहयोगको आशामा रहेका विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन नसकेको भन्दै गुनासो समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org