ताजा समाचार

गुल्मी अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले प्रर्दशन गर्दा अस्पताल तनावग्रस्त

काठमाडौं । गुल्मी अस्पतालमा उपचारत बालिकाको मृत्यु भएपछि आफन्तले प्रर्दशन गर्दा स्थिती तनावग्रस्त बनेको छ । अस्पतालले बालिकाको उपचारमा लापरबाही गरेकाले मृत्यु भएको भन्दै आक्रोसीत भएका हुन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शब उठाउन नमानी प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको छ । बालिकालाई सोमबार उपचारको लागि गुल्मी अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो वान्ता गरेपछि अस्पताल भर्ना गरिएको आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भयो पत्ता लग्न सकेको छैन् ।

बिरामीका आफन्तले अस्पतालकाको कम्जोरीका कारणले मृत्यु भएकाले भन्दै मृत्युको कारणको माग गरेका छन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ।
बालिकालाई बान्ता भएर भर्ना गरे पनि अन्य सबै रिपोर्ट सामान्य रहेको अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बताएका छन् ।

अस्पतालमा तनावग्रस्त भइसकेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org