एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले २१ रन जोडेको छ ।
एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तान विरुद्ध ब्याटिङको निम्तो पाएको थियो ।