ताजा समाचार

‍जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी-४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

मृतकको पहिचान भएको छैन । प्रहरी निरीक्षक चन्दका अनुसार गुठीज्यूलाबाट मुगु जादै गरेको उक्त जिपमा अन्य यात्रु थिइनन् । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org