गाँजा खेतीलाई वैधानिकता दिन पहल गर्दै कृषि समिति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिले कृषि मन्त्रालयको संस्थागत संरचना , कार्यसम्पादन र जिम्मेवारीको विषयमा आगामी बैंठकमा बोलाएर ब्रिफिङ लिने निर्णय निकालेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैंठकले खाद्य स्वच्छता तथा गुण नियन्त्रणसम्बन्धी बिधयेकमा छलफलका लागि उपसमिति बनाउने निर्णय पनि भएको छ।
सांसद अमरबहादुर थापा , अनिता नेपाली , विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एक जना सांसद बंगलादेश भ्रमणमा जाने बताईएको छ ।
नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहुउपयोगी रहेकाले यसको उत्पादन, प्रशोधन र बिक्रिवितरण गर्ने कार्यलाई बैधानिक बनाउने सम्बन्धमा सम्बन्धीत निकायसँग थप छलफल गरी निष्र्कर्षमा पुग्ने निर्णय पनि समितिले गरेको छ । चालु आर्थिक वर्षका लागि औषधीलगायत प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएकाले यस्तो निर्णय गरिएको हो । नेपालमा १ लाख हेक्टर कृषियोग्य जमिन खाली रहेको थाहा पाएको अध्यक्ष राणले जानकारी दिदैँ सो जमिनको सदूपयोग गरेर किसानको जीवनस्तर सुधार गर्न सकिने धारण राखेकी थिइन् । सभापति राणले गाँजाखेती गर्न अर्थ मन्त्रालयले बजेट छुट्याउने तर गृह मन्त्रालयका व्यक्तिले गाँजाखेती खुला गर्नहुँदैन भन्ने गरेको बताउँदै यसबारे छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताईन ।
यसैगरी राष्ट्रिय भूमि आयोगबाट सम्पादन हुने कार्यलाई व्यवस्थीत गर्न आयोगका अध्यक्षलागयतका पदाधिकारी र भूमि , सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समितिको अर्को बैठकमा बोलाएर छलफल गेर्ने निर्णय गरेको छ ।
नेपालको पश्चिम र सुदूरपश्चिम पहाडका कृषिमा आबद्ध जनता गरिब रहेको बताउँदै उनीहरुका बारेमा सोच्नुपर्ने बताईन । उनले नेपालको कार्बन व्यापारबारे आफुलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने उल्लेख गरिन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












