चाडवाड लक्षित बजार अनुगमनमा १५ टोली परिचालन गरिदै
काठमाडौं। चाडबाडले बजारलाई चलायमान बनाए पनि सँगसँगै भित्रिने अँध्यारो पाटो हो–कालो बजारी । त्यसैको मौका छोप्दै केही व्यवसायीले बढी मूल्य लिने , म्याद नाघेका सामान बेच्नेलगायत ठगीका घटना हुने गरेका छन् । चाडवाडमा उपत्यका छाड्ने सर्वसाधारणलाई यातायात व्यावसायी , राजमार्गका होटल व्यवसायीले पनि ठग्ने गरेको गुनासो छ ।त्यसैलाई दृष्टिगत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ देखि चाडबाड लक्षित अनुगमन गर्न लागेको छ ।
दसैं आउन करिब सामान्य डेढ महिना बाँकी छँदा चाडबाडलाई लक्ष्य गर्दै अनुगमनलाई तीव्र बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीसमेत माग गरिएको छ ।नियमनकारी निकाय , खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग , राजस्व विभाग, आन्तरिक राजस्व विभाग, कृषि पशुलगायत विभागलाई कर्मचारी माग गरिएको जनाएको छ। वाणिज्य विभागका अनुसार यस वर्ष कम्तीमा १० टोलीबाट बजार अनुगमन हुनेछ । सबै नियमनकारी निकायसँगको सहकार्यमा अनुगमन टोलीको संख्या १५ सम्म पुर्याइने विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । १० टोली खटाउन कम्तीमा ३० जना कर्मचारी चाहिन्छ । विभागका १०÷१२ जना मात्रै छन् । उनले भने थप कर्मचारीका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेका छौ ।
सबै निकायसँगको छलफलपछि संयुक्त बजार अनुगमनलाई तिव्रता दिइने छ । ‘ चाडबाडमा बजारको अवस्था , अनुगमनबारे वाणिज्य तथा आपूर्ती सचिव मधु मरासिनीको अध्यक्षतामा छिट्टै बैठक बस्छौ । सबै निकायले आ–आफ्नो क्षेत्रमा अनुगमन गर्छन् , सँगै आवश्यकता अनुसार संयुक्त अनुगमन पनि हुन्छ‘ महानिर्देशक ठाकुरले भने ।
चाडबाड लक्षित अनुगमन गत वर्ष पनि असोज १ गते बाट भएको थियो । कात्तिक मसान्तसम्म १ हजार ७७ वटा व्याकसायिक फर्ममा अनुगमन गरिएको वाणिज्यले जनाएको छ । अनुगमन का क्रममा २ सय २९ व्यावसायिक फर्म कारबाहिमा परेका थिए । तिनबाट २९ लाख ६५ हजार जरिवाना असुल गरिएको थियो ।
सरकारले चाडवाडलाई मात्रै केन्द्रमा राखेर अनुगमन गर्ने गरेको आरोप लाग्ने गरेको छ ।सिजनका बेला अनुगमनले व्यापारमा समस्या हुने गरेको व्यवसायीको गुनासो छ । अनुगमन चाडबाड लक्षित मात्रै नभई १२ महिनै हुनुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












