ताजा समाचार

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २७ पुग्यो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिव कुमार सराफ छन् ।

बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए । सराफको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org