ताजा समाचार

आँखा पाक्ने रोग फैलन नदिन के गर्ने

काठमाडौं।आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्छ । मानिसले आँखा चिलाएपछि त्यसमा हातले चलाउन सक्छन् ।त्यसक्रममा हातमा चिप्रा पर्छ । त्यही हातले अर्को आँखामा छुदाँ अर्को आँखा पनि संक्रमित हुन सक्छ । बिरामीले प्रयोग गर्ने रुमाल, कपडा ,सिरानीको खोल,तन्ना अर्को व्यक्तिले प्रयोग गर्दा रोग सर्न सक्छ । त्यसैले यस रोगबाट बच्न सतर्कताका केही उपाय अवलम्बन गर्नुपर्छ ।

आँखा पाक्ने रोग सर्न नदिन के गर्ने त?

आँखाचिलायो भन्दैमा रगड्नु हुँदैन्। चिसो पानीमा सफा कपडा भिजाएर वा बरफलाई कपडाले बेरेर सेक्न सकिन्छ । दुईवटै आँखा संक्रमित छ भने फरक–फरक कपडा वा बरफ प्रयोग गर्नु पर्छ र आँखा सफा गर्दा डिस्पोजेबल टिस्यु पेपर प्रयोग गर्न सकिन्छ । सफा रुमालले पनि सफा गर्न सकिन्छ ।

आँखामा रहेको चिप्रा सफा गर्नुअघि र गरिसकेपछि साबुन पानीले हात धुन बिर्सनु हुँदैन ।

आँखा पाकेपछि सकभर बाहिर निस्कनु हुँदैन । बच्चालाई स्कुल पठाउनु भएन । कामकाजी व्यक्ति कार्यालय जानुभएन् । आइसोलेसनमा बस्नु राम्रो हुन्छ । यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने जोखिम हुन्छ । आँखामा धुलो–धूँवा पनि पर्न पाउँदैन । हेर्न पनि सजिलो हुन्छ ।

श्रगारको सामाग्री चलाउनुभएन । मेकअपमा केमिकल हुने भएकाले त्यसले अँखामा असर गर्नसक्छ ।

आफूखुसी औषधी प्रयोग गर्नुभएन् । चिकित्सकलाई देखाएर मात्रै औषधि प्रयोग गर्नुपर्छ ।

यस समय बिरामीले खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानपानमा पनि ध्यान दिनुपर्छ । भिटामिनयुक्त खानेकुरा, जस्तै–हरियो सागसब्जी, दुध, फलफुलको प्रयोग यस समय अलि बढी गर्नु राम्रो हुन्छ । पानी पर्याप्त पिउनुपर्छ ।

कुनै समस्या देखिएमा विशेषज्ञ चिकित्सकसँग परार्मश गनुपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org