विशेष छुटमा सरकारले २० हजार टन चिनी आयात गर्ने
काठमाडौं । सरकारले चाडवाडलाई लक्ष्य गर्दै २० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । बजारको आपूर्ति अवस्थालाई दृष्टिगत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ६० हजार टनको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजार टनको स्वीकृति दिएको हो । अर्थले स्वीकृति गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयात गर्ने अर्थका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।
‘दुई संस्थालाई १०/१० हजार टन चिनी आयात गर्न दिने सन्दर्भमा सोमबार नै निर्णय भएको छ । २० हजार टन आयात गर्दा भन्सार महसुलमा ५० प्रतिशत छुट दिईएको छ , उनले भने । चिनी आयात गर्दा भन्सार ३० प्रतिशत तिर्नुपर्छ । त्यसमा १३ प्रतिशत भ्याट लाग्छ । भन्सार महसुल छुट हुँदा निजी क्षेत्रले बिक्र गर्ने भन्दा साहै्र सस्तो हुन्छ । सरकारका तर्फबाट आयात हुँदा बजार मूल्य हस्तक्षेप गर्न सजिलो हुने आपूर्ति मन्त्रालयका अधिकारी बताउँछन् ।
चिनी उद्योगीले भने छुट दिने नहुने भन्दै ‘ लबिङ’ गर्दै आएका छन् । जसले गर्दा गत दुई वर्ष सरकारी गोदाम रित्तिए पनि अर्थले छुटमा आयात स्वीकृति नदिएको वाणिज्यका एक अधिकारीले बताए । चार्डपर्व केही व्यावसायी अराजक बन्छन् , मूल्य बढाउने नियत राख्छन् । त्यसलाई हस्तक्षेप गर्न पटकपटक आयातमा छुटेका प्रस्ताव गरेका थियौ। ती अधिकारीले भने, त अर्थबाट जहिल्यै ढिलाई हुन्छ। यसपटक ६० हजार टन माग गरेकोमा २० हजार टन मात्रै आयातको स्विकृति दिएको जानकारीमा आएको छ ।
विगतमा चाडवाडलाई लक्ष्य गरी सरकारी संस्थानलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात अनुमती दिने चलन थियो । पछि १ प्रतिशतबाट बढाएर ५० प्रतिशतमा पुर्याइयो । पछिल्ला दुई वर्षमा छुटमा आयात स्विकृति आएन । यसपालि फेरी ५० प्रतिशत छुटमा २० हजार टन आयातको स्वीकृति दिइएको हो ।
साल्ट ट्रेडिङले १० हजार र खाद्य कम्पनीले १० हजार टन ल्याउने आलटाल गरिरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाई छ । केही अराजक व्यवसायीले मौका छोपेका हुन्छन् चाडवाड नजिकिदै जाँदा हरेका वर्ष मूल्य बढाइ रहन्छन् । सस्तोमा आयात गरेर यहाँ अचक्ली मूल्य बढाउने नियत उनीहरुको हुन्छ , उनले भने त्यसलाई हस्तक्षेप गर्न सरकारको उपस्थिति चाहिन्छ ।
वाणिज्य मन्त्रालयका अनुसार अर्थले दुई वर्षपछि भन्सार महसुल छुटमा चिनी आयातको निर्णय गरेको हो । गत वर्ष साल्ट र खाद्यको गोदाम रित्तै हुँदा सहुलियत दरमा आयात व्यवस्था मिलाउन पटकपटक पत्र पठाईएको थियो । तर अर्थले निर्णय नगर्दा सरकारी संस्थानले सहुलियतको चिनी आयात गरेनन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












