शेयर बजार परिसूचक नेप्से सामान्य अकंले वृद्धि
काठमाडौँ । साताको दोश्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ । आज चार दशमलव २६ प्रतिशतले वृद्धि भएको नेप्से आज एक हजार नौ सय ६९ दशमलब १८ विन्दुमा पुगेर रोकिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ । विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ ।
यस्तै, एनआइसी एशिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट ट्रेडिङ कर्पोरेशन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५,एभरेष्ट बैंक रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार इमर्जिङ नेपाल नौ दशमलब ९९, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९८, भूगोल इनर्जी डेभलपमेन्ट आठ दशमलव ७२, आरबीबी म्युचुअल फण्ड दोस्रो सात दशमलव ९४ र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ७७ प्रतिशतले बढेको छ ।
साथै शुभम पावर नौ दशमलब ९९, पिपुल्स पावर चार दशमलव ९६, समता घरेलु लघुवित्त तीन दशमलव ५१, सप्तकोशी डेभलपमेन्ट बैंक तीन र गुराँस लघुवित्तको शेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
अर्थतन्त्र सुधारमा सरकारले घोषणा गरेका कार्यक्रमको नतिजा देखिएन: अर्थ समिति
काठमाडौं । अर्थतन्त्र सुधारको प्रयाससहित चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमको नतिजा देखिन नसकेको धारणा सांसदहरूले राखेका छन्...
-
नेपालको आर्थिक वृद्धिदर सुधार हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६...
-
१९औँ एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीच क्रिकेट खेल जारी
काठमाडौँ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी...
-
डोका बुनेर वार्षिक मनग्य आम्दानी गर्दै कृषक
काठमाडौं । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो...
-
सेयर बजार परिसुचक सामान्य अंकमा वृद्धि
काठमाडौं । साताको दोस्रो दिन सोमबार कारोबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । आइतबार दोहोरो अंकमा घेटेको परिसुचक आज(सोमबार)५.१९...
-
सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर
काठमाडौँ १४ असोज स् तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका पाइएको छ । प्रहरीको सुक्ष्म अनुसन्धानले विस्तारै नाका खुल्न...
-
दोलखामा प्रहरीले ४ किलो सुन बरामद
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१,बाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ । केही दिनअघि पनि दोलखाबाट प्रहरीले ७ किलो...
-
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा...