शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक
काठमाडौं। राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ ।
नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा एक सय ७७ जनाको नामावली सार्वजनिक भएको हो । आज आयोजना हुने कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ती पुरस्कार प्रदान गर्नुहुनेछ ।
पुरस्कृत हुनेमा विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला मावि, दुधौलीलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित रु तीन लाख, द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईले रु दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई रु एक लाख राशिको पुरस्कार प्रदान गरिनेछ ।
निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भई ललितपुरको प्रसादी एकेडेमीले रु तीन लाख, द्वितीय हुने भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाख प्राप्त गर्नेछ ।
प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रुपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था रु एक एक लाखको पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्याङ्कनका आधारमा आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कार पाउँदैछन् ।
यसै वर्षदेखि स्थापना गरिएकोे समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था रु तीन लाखका दरले पुरस्कार प्रदान गरिनेछ । सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।
समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईका संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।
स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त सात सय ९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामवाली पनि आजै सार्वजनिक भएको छ भने उक्त पदकपछि वितरण हुनेछ ।
नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।
Comments
अरु समाचार
-
पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघको नेतृत्वमा दाहाल
काठमाडाैँ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा नारायण प्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको...
-
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ...
-
सुशासन, विकास र समृद्धिका लागि ‘हिमालय मातृभूमी फाउण्डेशन’ को स्थापना : अध्यक्ष टीकाराम पुरी
काठमाडौं । 'हिमालय मातृभूमी फाउण्डेशन' का अध्यक्ष टीकाराम पुरीले आफू अध्यक्ष रहेको संस्था नेपाललाई माया गर्ने देशमक्त नेपालीहरुको सेवामुलक साझा...
-
आज विश्व मुटु दिवस: मुटु रोगका कारण र बच्ने उपाय
काठमाडौं ।आज विश्व मुटु दिवस। हरेक वर्षको सेप्टेम्बर २९ मा विश्वभर मुटु दिवस मनाइँदै आइएको छ। नेपाललगायत विश्वका धेरै देशमा...
-
गृहका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य योग गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य रुपमा योग गर्न निर्देशन गरेको छ। यसका लागि गृहले मातहतका कर्मचारीका...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...
-
डा.ओममूर्ति अनिल : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा (पुस्तक समीक्षा)
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ धेरै...
-
शिक्षा विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० नियमित प्रक्रियाबाट...
-
राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आजदेखि थप शसक्त आन्दोलन गर्दै
काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत...