क्यानडामा गुन्जँदै नेपथ्य
काठमाडौं । नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्नेभएको छ।
निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ। त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्यान्डको प्रस्तुति भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ। यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ।
अक्टोबर ८ तारिख, आइतबारका दिन ब्यान्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ। सन् १८९४ मा खुलेको क्यानाडाको म्यासी हल त्यसको सयवर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१ मा मुलुककै ‘नेसनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक)मा सूचीकृत भएको थियो। त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरूले आफूलाई प्रस्तुत गरिसकेको इतिहास छ।
दुई महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जालमार्फत नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानडामै बसोबास गर्दै आएकी लेखिका मन्जुश्री थापाले सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी थिइन्, ‘नेपथ्य आउने समाचारले केही शीतलता महसुस गराएको छ,’ उनले अगाडि थपेकी थिइन्, ‘माओवादी द्वन्द्वकालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ।’
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ। केही समययता नेपालीहरूका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या बर्सेनि बढ्दो छ। ‘केही वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुस्किलले देखिन्थे,’ टोरन्टोका दिलिप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दैगएको छ।’ बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघ–संस्थाहरूले आयोजना गर्ने विभिन्नखाले सांगीतिक कार्यक्रमहरूको संख्या पनि नियमित बन्दै गएको छ।
‘यहाँको नेपाली समुदायले म्यासी हल जस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवत यो नै पहिलोपटक हो,’ अर्का क्यानाडावासी रविन थपलिया भन्छन्।
सन् २०२३ भरिनेपथ्यका सबै प्रस्तुतिहरूलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रबर्धन अभियानको शृंखलाका रूपमा प्रस्तुत गर्ने विचार अनुरूप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।
‘क्यानडामा हुने प्रायः नेपाली कार्यक्रमहरू अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरूले क्यानडाको मात्र यात्रा गरेको घटना बिरलै हुने गरेकोमा यसपालि त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’ नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख गन्तब्य मध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने संभावना देखिन थालेको श्रेष्ठ थप्छन्।
नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राबिधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ। सोहीअनुरूप, अघिल्लो महिनाको शृंखलाबद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानडा यात्रामा समावेश हुने छन् । ‘हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीहरूले देखाएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसंैको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं।’
क्यानडामा रहेका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए। ‘कतिपय प्रसंशकहरूले समूह बनाउँदै अर्कै सहरदेखिको लामो दूरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौं।’
क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। क्यानाडाका तीनवटै सहरहरूमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समयअनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरुहुनेछ। आनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भइरहेको यात्राका सबै कन्सर्टहरूमा विद्यार्थी समूहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ।
Comments
अरु समाचार
-
यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र स्थापनाका लागि अघि बढाैँः बैद्य
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि...
-
विष्णु सापकोटाको उपन्यास अडिएका पाइला सार्वजनिक
काठमाडाैँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ सार्वजनिक गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रमका बीच लेखक मञ्जुश्री थापा...
-
काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र...
-
लोक गायक सुशील भट्टराईको देउसी गीत सार्वजनिक
काठमाडौं । मौलिक लोक गायक सुशील भट्टराईको तिहारको देउसी गीत सार्वजनिक भएको छ । विगत केही वर्षदेखि निरन्तर तिहारका गीत...
-
ऐतिहासिक नगर पनौती : सम्पदामैत्री घर बनाउनेलाई प्रोत्साहन
काठमाडौं । ऐतिहासिक नगरपालिका पनौतीमा सम्पदामैत्री घर बनाउने अभियानलाई निरन्तरता दिइएको छ । विविध जटिलताका कारण गत वर्ष रोकिएको सम्पदामैत्री...
-
सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु
काठमाडौं । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले...
-
वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’ सम्मानित
काठमाडौं । प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा...
-
पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीलाई
काठमाडौं । पहिलो एनआरएन द सिंगर प्रतियोगिताको उपाधि युकेकी युक्ति विमलीले जितेकी छन् । 'खोजी उत्कृष्ट प्रवासी प्रतिभा' भन्ने मुल...
-
धार्मिक,प्राकृतिक एवं संस्कृतिक मौलिकता पर्यटक आकर्षित गर्ने महत्वपूर्ण माध्यम
काठमाडौं । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत...