ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् ।

साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ पुगेका हुन्।

उनलाई चिनियाँ अधिकारीद्वारा  विमानस्थलमा स्वागत गरेका थिए। कार्यक्रम अनुसार आजै उनले छोङ्छिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नेछन्।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्छिङ नगरका पार्टी सचिव, युआन चिउचनले प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org