ताजा समाचार

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हाजर ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिने

काठमाडौं । यसवर्षको दशै र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

दसैं तिहार र छठलाई लक्ष्य गरी घटनास्थापना देखी नयाँ नोट सटही सुविधा सुरु गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले बताए ।

कहाँ के कति नोट उपलब्ध छ ? बैंक तथा वित्तिय संस्था र सर्वसाधारणको मागअनुसार के कति थपघट गर्नुपर्ने हो, भनेर अहिले राष्ट्र बैंकका प्रदेशिक कार्यलय र नोटकोष सुविधा लिएका बैंक सँग नयाँ नोटको विवरण मागेका छौ, उनले भने , नोटको विवरण संकलन भइसकेपछि घटस्थापनाको आसपासदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्छौ ।

अघिल्लो दुईवर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति१८ हाजर ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ ।

यो ५ देखी १ सय रुपैयाँसम्मको एक–एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहाकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ । राष्ट्र बैंकले आफ्नो कार्यकालमार्फत सर्वसाधारण र बैंक तथा वित्तिय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ ।

यद्यपि दसैं तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर राष्ट्र बैंकले
नोट सटहीको सुविधा सर्वसाधारणलाई उपलब्ध गराउँदै आएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org