नेपालले त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला आयोजना गर्ने
काठमाडौं । नेपालले यूएई र हङकङसम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित केद्रीय समिति बैठकले उक्त प्रतियोगिता अक्टोबर १७ देखि २६ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
नेपालले यो प्रतियोगितालाई आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप एसिया छनोट तयारीमा लिएको छ । ट्वान्टी–२०विश्वकप एसिया छनोट नोभेम्बर १ देखि १० सम्म काठमाडौं मै हुँदैछ । त्यसमा हङकङ, यूएई, नेपाल सहित १० राष्ट्र अर्को वर्ष अमेरीका र वेस्ट इन्डिजले आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् ।
निर्वाचित क्यानको पहिलो बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, उपाध्यक्ष पदम खड्कार सदस्य दिवाकर घले सदस्य रहने गरी कार्य सम्पादन समिति गठन गरेको छ ।बैठकले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगीतालाई यसपालि ७ प्रदेश र ३ विभागीय टोलीबीच राउन्ड रोबिनका आधारमा गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सेमिफाईनल दुइदिवसीय र फाईनल तीनदिवसीय हुनेछ ।
क्यानले नेपाल प्रिमियर लिग(एनपीएल) आफैले आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगीता मार्च , अप्रिलमा गर्ने जनाइएको छ । अन्य फ्रेन्चाइज लिग क्रिकेटको हकमा विदेशी खेलाडीविना घरेलु लिगको क्रिकेटको हकमा विदेशी खेलाडीसहितको एभरेस्ट प्रिमियर लिग आयोजनाको प्रस्ताव सम्बन्धमा छलफल हुँदा एनपिएल प्रतियोगिता सम्पन्न भएपछि आगामी बोर्ड बैठकमा छलफल गरेर प्रगियोगिता गर्न दिने सम्बन्धमा सहमति गरियो, क्यान सचिव पारस खड्काद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
क्यानले सय वर्षदेखि कार्यविधि बनाएर वार्षिक रुपमा क्रिकेट अर्वाड गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार सम्पन्न क्यानको साधारणसभामा झापा जिल्ला क्रिकेट संघ प्रतिनिधि विवाद सम्बन्धमा जाँचबुझ गरी प्रतिबेदन पेस गर्न कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेको संयोजकत्वमा सोही प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरी र सदस्य नारद नेपाल सदस्य रहने गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।
झापाको प्रतिनिधिका रुपमा लाक्पा र मनोज कटुवाल दुवैले दाबी गरेपछि क्यानले झापाको प्रतिनिधि खारेज गर्ने विवादास्पद निर्णय गरेको थियो । साधारणसभाबाट सुरक्षाकर्मी लगाएर निकालिएपछि पूर्वराष्ट्रीय खेलाडी लामाले क्यान पदधिकारीहरु व्यक्तिगत स्वार्थका लागि भ्रष्ट हुन पुगेको आरोप लगाएको थिए ।
क्यानको १७ सदस्यीय समिति अब २१ सदस्यीय बन्न सक्ने छ । हाल अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य रहेकामा क्यानले त्यसमा वरिष्ठ उपाध्यक्ष, सहसचिव र दुई सदस्य थप्न लागेको छ । राष्ट्रिय खेलकुद परिषदबाट प्रारम्भीक सहमति प्रदान भए अनुसार केन्द्रीय पदाधिकारी थप गर्ने सम्बन्धमा हालै सम्पन्न वार्षिक साधारणसभाका दौरान सबै प्रतिनिधि सदस्यले आवश्यकता महसुस गरेको हँुदा यसलार्य आवश्यक प्रक्रिया पूरा गरी संघको वार्षिक साधारणसभामा लैजाने क्यानले जनाएको छ ।
क्यानले प्रत्येक प्रदेशमा स्वयंसेवक प्रोभेन्सियल डेभलपमेन्ट अफिसर नियुक्त गर्ने भएको छ । त्यसका लागि सबै प्रादेशिक क्रिकेट संघले पूर्व खेलाडी, क्रिकेटसँग सम्बन्धित व्यक्तिहरुमध्येबाट एक जना केन्द्रमा सिफारिस गरेर पठाउनुपर्नेछ ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












