गृहका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य योग गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यलय समयमा अनिवार्य रुपमा योग गर्न निर्देशन गरेको छ।
यसका लागि गृहले मातहतका कर्मचारीका लागि परिपत्र नै जारी गरेको छ । परिपत्रअनुसार मातहतका अधिकृत तहका कर्मचारीलाई कम्तीमा १५ मिनेट योग गर्न भनिएको छ । योग गर्ने समय भने १० देखी १०ः१५ बजेसम्म निर्धारण गरिएको छ । जुन कार्यलय सुरु हुने समय हो । र, सोही समयमा सेवाग्राहीको सम्बन्धित कार्यलयमा घुइँचो लाग्ने गर्छ ।
पूर्वसचिव उमेश मैनालीले कार्यालय समयमा महत्तवपूर्ण निकायका कर्मचारी योग अभ्यासमा लाग्नु गलत रहेको बताए । १० बजेदेखि कार्यलय समय सुरु हुन्छ । यो सेवाग्राहीका लागि छुट्याइएको समय हो । उक्त समयमा सेवाग्राहीलाई कर्मचारीले सेवा दिनुपर्छ । तर, सोही समयमा कर्मचारी योग अभ्यासमा लाग्दा सेवाग्राही मारमा पर्छन् । कार्यलय समयमा योगभ्यास गर्नु ठीक होइन् ।
गृहको कार्यलय व्यवस्थापन तथा जिन्सी शाखाबाट जारी भएको परिपत्रअनुसार योगाभ्यास अधिकृत तहका कर्मचारीका लागि अनिवार्य गरिएको छ। योगाभ्यास बिहानको १०ः१५ अघि गरिसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।
अधिकृतभन्दा तल्लो तहका कर्मचारीलाई पनि योग अभ्यासको तालिम दिई कार्यलय समयभन्दा अघि अभ्यास गराउने वातावरण तयार गर्न परिपत्रमा भनिएको छ । तर गृहले यस सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छैन् । मन्त्रालयका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका प्रशासन महाशाखाका प्रमुख सहसचिव केदारनाथ शर्माले यस विषयमा पछि बोल्ने भन्दै पन्छिए ।
Comments
अरु समाचार
-
समृद्ध ताप्लेजुङका लागि पाथीभरामा केवलकार बनाउने वातावरण बनाइदिन निजी क्षेत्रद्वारा संयुक्त अपिल
पाथिभरा । ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त रूपमा अपिल गरेका...
-
‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त’
काठमाडौँ, मङ्सिर २३ गते । सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।...
-
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक,...
-
स्थानीय तहका कर्मचारी ‘पेनडाउन’ गरी विरोधमा उत्रदाँ सेवाग्राही मर्कामा
काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारी पोनडाउन गरी विरोधमा उत्रेका छन् । स्याङ्जाका ११ वटै स्थानीय...
-
आइएसबिएन नम्बर वितरणमा अनियमितता भएको आरोप
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालयमा अन्तरराष्ट्रियस्तरको पुस्तक नम्बर(आइएसबिएन) मा अहिलेसम्म करिब ६० हजार पुस्तक दर्ता भएका छन् ।...
-
सामाजिक सञ्जालमा भाइरल होमनाथ न्यौपाने को हुन् ?
काठमाडौं। होमनाथ न्यौपानेलाई शिक्षण पेसाप्रति लगाव छ। सामाजिक सेवामा पनि सक्रिय छन्। विज्ञान विषयमा स्नात्तकोत्तर तह विशिष्ट श्रेणीमा उतिर्ण गरेर...
-
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घको माइतीघरमा धर्ना (तस्बिरहरू)
काठमाडौं । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु...
-
शिक्षक बन्न नयाँ प्राबधानः अनिवार्य स्नातक तह उतीर्ण भएको हुनै पर्ने
काठमाडौं । सरकारले शिक्षक बन्न कम्तीमा स्नातक तह अनिवार्य उतीर्ण भएको हुनुपर्ने प्रस्ताव सहितको विधेयक संसदमा पेश गरेको छ ।...
-
निजामती सेवाको सहसचिव पदसम्म नै अन्तर तह प्रतियोगिता
काठमाडौं । सरकारले संघीय निजामती सेवाको सहसचिव पदसम्म नै अन्तर तह प्रतियोगिताको व्यवस्था गर्ने भएको छ । संसदमा दर्ता गर्ने...