ताजा समाचार

विमल घर्ती मगर पनि गए अस्ट्रेलिया

काठमाडौं । चर्चित फुटबलर बिमल घर्तिमगर विदेश पलायन भएका छन् ।

सुरक्षित भविष्यको खोजीमा बिमल अष्ट्रेलिया लागेका हुन् । केही समयअघि विवाह बन्धनमा बाँधिएका बिमलले समेत नयाँ गन्तव्यको रुपमा बिदेशनै रोजेका छन् ।

राष्ट्रिय फुटबल टिमका स्टार फुटबलर समेत रहेका बिमलको विदेश पलायनले खेल क्षेत्रलाई स्तब्ध बनाएको छ ।

उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आईपुगेका बिमल पछिल्लो पुस्ताको नेपाली फुटबलका उत्कृष्ट फरवार्ड मानिन्छन् । उनले करियरको सुरुआतमा युरोपेली फुटबलमा आबद्ध हुन प्रयास गरेका थिए । युवा अवस्थामै प्राप्त स्टारडमले उनलाई पछिल्लो एक दशक नेपाली फुटबलको लोकप्रिय फुटबलर बनाएको थियो ।

उनकै नेतृत्वमा नेपालले यू–१९ साफ च्याम्पियनसिप जित्दै अन्तराष्ट्रिय फुटबलमा उपाधिको ढोका खोलेको थियो ।

उनले नेपालका लागि यू–१९ साफ च्याम्पियनसिप सहित साग गेम्स, बंगबन्धु कप, एएफसी सोलिडारिटी सहित विभिन्न उपाधि जितेका छन् ।

उनले नेपालको घरेलु फुटबलमा थ्री स्टारबाट भारतको बार्दोलोइ ट्रफीदेखि मछिन्द्र फुटबल क्लबबाट दुई पटक लिग उपाधि जितेका छन् । मोफसलबाट काठमाडौं आएर अन्तराष्ट्रिय स्तरमा नाम कमाएका फुटबलरले करियरको बिट मार्दै विदेशीने निर्णय लिएका हुन् । करियरको उच्च फर्ममा रहने उमेरमा उनले विदेशीने निर्णय लिदाँ सबैभन्दा घाटा नेपाली फुटबललाई परेको छ ।

पछिल्लो समय नेपाली फुटबलरमा विदेशी क्रम ह्वात्तै बढेको छ । सुरक्षित भविष्यको खोजीमा अधिककांश फुटबलर विशेष गरेर अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका छन् । घरेलु फुटबलको संरचना गतिलो र बलियो नहुँदा वर्षभरी खेल्न नपाउने पिडा खेलाडीसँग छ । सोही कारण सुरक्षित भविष्य र राम्रो आम्दानीको खोजीमा फुटबलरहरु विदेश पलायन हुने क्रम बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org