मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालयमा छड्के अनुगमन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले पशुपन्छी विकासअन्तर्गतका केन्द्रीय कार्यालयको छड्के अनुगमन गरेका छन्। उनले त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, केन्द्रीय रिर्फल पशु चिकित्सालय, नेपाल पशु चिकित्सा परिषद्को छड्के अनुगमन गरेका हुन् ।
मन्त्री भुसालले पशुपन्छीमा लाग्ने अन्य रोगको खोप उत्पादनसम्बन्धि वस्तुस्थिति, पशुपन्छीको रोग निदान गर्ने प्रयोगशालाको भौतिक पूर्वाधारको अवस्था, आवश्यक जनशक्तिको अवस्था, प्रयोगशालामा सञ्चालनमा नआएका मेसिनको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
कार्यालय समयमै छड्के अनुगमनका क्रममा हालसम्म भएका कार्यप्रगतिको जानकारी लिँदै उनले लम्पी स्किन रोगको कारण देशभरका पशुमा क्षति पुगिरहेको बेला यस रोगको निदानका लागि तत्कालै गर्नुपर्ने काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।
मन्त्री भुसालले भ्याक्सिन उत्पादनका लागि चाहिने आवश्यक सिड भाइरस भारतबाट ल्याउने प्रक्रिया अगाडि बढेको जानकारी दिँदै भारतबाट सिड भाइरस ल्याएपछि प्रयोगशालाले लम्पी स्किन रोगको भ्याक्सिन तयार बताए ।
कार्यालयका प्रमुख पशु चिकित्सक डा.टङ्कप्रसाद प्रसाईंले लम्पी स्किन रोगको नियन्त्रणका लागि भ्याक्सिन अनिवार्य भएको र यसको खोप उत्पादन गर्ने गरी राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले काम गरिरहेको जानकारी दिए ।
उहाँले लम्पी स्किन रोगको नियन्त्रणका लागि कार्यालयले भ्याक्सिन उत्पादन गर्न चाहिने आवश्यक पूर्वाधार बनाइसकेको जानकारी गराउँदै, अपुग स्रोतसाधनको तत्काल पूर्ती गरी पशुपन्छी क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। देशभरका पशुपन्छीमा लाग्ने रोग, चाहिने खोप, बिरामी पशुपन्छीको उपचारलगायतका क्षेत्रमा यी कार्यालयबाट काम हुँदै आएका छन् ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












