सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरुको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याएको सुनलगायत पटकपटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको हो । आयोगमा तीन सदस्य रहने र तीन महिनाको कार्यावधि रहने सहमति पनि भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार पटक–पटक भएको सुन तस्करीलाई नियन्त्रण गर्नका निमित्त मौजुदा कानुनमा परिमार्जन गर्न भने परिमार्जन गर्ने गरी कार्यादेश दिइएको छ । त्यस्तै, संरचनागत कमीकमजोरी छन् भने सुधार गर्ने आयोगको दोस्रो कार्यादेश छ ।
सुन तस्करीका विषयमा सरकारका विभिन्न निकायले अहिलेसम्म गरेको छानबिन अनुसन्धानको अध्ययन गरेर थप छानबिन गर्न आवश्यक वा थप गर्नुपर्ने देखिएमा थप अनुसन्धान र कारबाहीका लागि सिफारिस गर्नेगरी कार्यादेशमा सहमति गरिएको लेखकले बताए ।
Comments
अरु समाचार
-
कमलदह मेलामा कुस्तीको ‘क्रेज’
सिरहा: सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
चिसो बढेपछि गोठाला बेँसी झरे, सुनसान भयो ‘बुकीपाटन’
ढोरपाटन (बागलुङ): चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक...
-
चिकित्सकहरु भन्छन्- मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै
काठमाडौँ, २६ कात्तिकः अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रलाई...
-
विद्युत प्राधिकरणले सबै उद्योगमा लाइन जोड्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सबै उद्योगहरुमा विद्युत जडान गरेको छ । प्राधिकरणको मंगलबार बसेको बोर्ड बैठकले सबै उद्योगहरुमा लाइन...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...